भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटना, एक जनाको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटना, एक जनाको मृत्यु


२१ असार २०७९, मंगलबार


भक्तपुर । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा युवतीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मृत्यु हुनेमा रामेछाप घर भई काठमाडौँको जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् ।

यस्तै स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका-५ घर भई जडीबुटीमा बस्ने १८ वर्षीय सिद्धार्थ मगर भने घाइते भएका छन् । उनको उपचार भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक काभ्रेपलान्चोक तिमाल गाउँपालिका-५ नारायण स्थान बस्ने ५० वर्षीय पोते तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस