२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा सिकलसेल र थालसेमिया उच्च प्राथमिकतामा

अ+ अ-

नेपालगन्ज । बाँकेका तीन स्थानीय तहले सिकलसेल एनिमिया र थालसेमियालाई उच्च प्राथमिकता दिँदै ठुलो परिमाणमा बजेट विनियोजन गरेका छन् ।

जिल्लाका तीन स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि रु एक करोड २० लाख विनियोजन गरेका छन् ।

उक्त रकममध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाले रु एक करोड र सबैभन्दा कम वैजनाथ नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको हो । राप्ती सोनारी गाउँपालिकाले भने रु १५ लाख छुट्याएको छ ।

थारु समुदायमा फैलिँदो सिकलसेल र थालसेमियाले विकरालरूप लिएको र उनीहरुको स्वास्थ्य अवस्थादेखि आर्थिक अवस्थासमेत कमजोर भएकाले यसलाई उच्च प्राथमिकतामा राखिएको स्थानीय सरकारले बताएका हुन् ।

स्थानीय सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सिकलसेल र थालसेमियालाई उच्च प्राथमिकता दिइएकाले उनीहरुको स्वास्थ्य अवस्थाप्रति स्थानीय सरकारको चासो देखिएको हो ।

खासगरी जिल्लाको कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा सो रोगलाई उच्च प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ ।

उक्त रोगका कारण थारु समुदाय वर्षौँदेखि निजी अस्पतालमा भतारिँदा पनि बिरामी निको नहुनाका साथै ठुलो रकम खर्च गर्न बाध्य हुँदै आएका छन् ।

सरकारले सिकलसेल र एनिमियाका बिरामीलाई रु एक लाखसम्म निःशुल्क उपचार गर्ने नीति ल्याए पनि लक्षित समुदायसँग पुग्न नसक्दा उपचार पद्धतिबारे बिरामी अनविज्ञ देखिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत धीरजङ्ग शाहले अहिले गाउँगाउँमा पुगेर जानकारी गराउन थालिएपछि सरकारले उपचार गर्दोरहेछ भन्ने कुरा थाहा पाउन थालेका र गाउँगाउमा शिविर पनि सञ्चालन भइरहेको बताए ।

तीन स्थानीय तहमा रहेका ९० प्रतिशत थारु समुदायलाई लक्ष गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले कोहलपुरमा दुई वर्षदेखि सिकलसेल र थालसेमियाको स्क्रीनिङ गरिएको उल्लेख गरे ।

अधिकृत शाहले जिल्लाका सबै पालिकामा त्यसको खोजी नभएको जनाउँदै अझै निश्चित सङ्ख्यामा बिरामी आउन नसकेको उल्लेख गरे ।

वैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले गाउँपालिकाका आठ वडामध्ये सबैभन्दा बढी ७ र ८ मा थारु समुदायको बाहुल्य रहेको उल्लेख गर्दै गत वर्ष पनि रु पाँच लाख बजेट छुट्याइएकोे जानकारी दिए ।

उनले वैजनाथमा नै स्क्रीनिङ कार्य नभएकाले कति बिरामी छन् भन्ने निश्चित नभएको उल्लेख गर्दै सबै बिरामी भेरी अस्पताल र नेपालगन्जमा जाने गरेको बताए ।

कोहलपुर नगरपालिकाका सिकलसेल प्रमुख शिव गौतमले नगरपालिकामा अहिलेसम्म ४३ सिकलसेल र १८ थालसेमियाका बिरामी रहेको जानकारी दिए ।

उनले सिकलसेलका ७९४ बाहक र थालसेमियाका लक्षण देखिएका १४६ जना भएको बताए। पन्ध्र वडा रहेका नगरपालिकाको ६ र ७ मा सबैभन्दा बढी सिकलसेल र थालसेमियाका बिरामी छन् ।

राप्ती सोनारी गाउँपालिकामा अहिलेसम्म २३ जना सिकलसेल एनिमियाका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रीनिङ शिविरमा ५७२ को रगतको नमुना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए । तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए ।

त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए । अहिले रोग नदेखिए पनि तिनबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको हो ।

सिकलसेल र थालसेमियाको स्क्रीनिङ कार्य जारी रहेकाले सो रोगका बिरामी अझै बढ्ने अनुमान गरिएको स्थानीय तहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस