लोसपाको कार्यकारिणी समितिको बैठक सम्पन्न , अन्तरिम विधान संशोधनसहित पारित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोसपाको कार्यकारिणी समितिको बैठक सम्पन्न , अन्तरिम विधान संशोधनसहित पारित


१९ असार २०७९, आइतबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दुई दिने बैठक आज (आइतबार )सम्पन्न भएको छ ।

बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ ।

यसैबीच, लोसपाले सरकारले ल्याएको भू उपयोग नीति अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको बताएको छ ।

‘नेपाल सरकारले २०७९–२–२३ गते जारी गरेको नियमावली राजपत्र समेतमा प्रकाशित गरी ल्याइएको भू उपयोग नीतिप्रति लोसपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ लोसपा अध्यक्ष महन्थ ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो नियमावली अत्यन्त अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको हो र यो हाम्रो संस्कृतिमाथिको प्रहार पनि हो ।’

यसबाट गरिब किसानको सामाजिक, आर्थिक सांस्कृतिक पक्षमा अति नै प्रभाव पार्न सक्ने लोसपाको ठहर छ ।

लोसपाले वर्षाका कारण धान बालीमा पुगेको नोक्सानीको क्षतिपूर्ति दिन, किसानलाई मल उपलब्ध गराउन र महँगी नियन्त्रण गर्न केन्द्र तथा प्रदेश सरकारसँग माग गरेको छ ।

यस्तै, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन पनि माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस