गठबन्धनका शीर्ष नेताहरू जाने भएपछि बाराको सुरक्षा व्यवस्थामा कडाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनका शीर्ष नेताहरू जाने भएपछि बाराको सुरक्षा व्यवस्थामा कडाइ


१८ असार २०७९, शनिबार


काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थल’को स्थलगत निरीक्षण गर्ने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले आज विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्ने भएका छन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माण क्षेत्रको भ्रमणमा आउन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस