बन्द भयो सुदूर पहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बन्द भयो सुदूर पहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा


१८ असार २०७९, शनिबार


काठमाडौँ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी विद्युतीय राहदानी सेवा बन्द भएको जनाएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जानकारी दिए। बैतडीसहित बझाङ र दार्चुलामा पनि विद्युतीय राहदानी सेवा बन्द भएको उनले बताए।

बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो । हालसम्म करिब ४०० जनाले यो सेवा लिएका छन्।

एमआरपी राहदानी विस्थापन गरेर विद्युतीय राहदानी सुरु गरिएको थियो । त्यहाँ गत मंसिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस