पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने


१८ असार २०७९, शनिबार


काठमाडौँ। पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय स्थलका पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रतियोगिता हुने भएको छ ।

कोभिड महामारीले तहस नहस पारेको पर्यटनलाई पुनर्स्थापित गर्नका लागि फोटोको माध्यमबाट देशै भरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरेको संयोजक देवेन्द्रबहादुर शाहीले बताए ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालले आयोजना गरेको प्रतियोगितामा सातै प्रदेशका फोटोग्राफरलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमतालाई उजागर गरिने संयोजक शाहीको भनाइ छ ।

प्रतियोगीमा चार वटा विधामा प्रतिस्पर्धा गर्न सकिनेछ ।जसमध्ये नेचर , कल्चर, लाइफस्टाइल, र वाइल्डलाइफ रहेको छ । प्रत्येक विधामा ५०र५० हजार नगद पुरस्कार को घोषण गरिएको छ छ । साथै चारमध्ये एक उत्कृष्टलाई से-फोक्सुन्डोको फोटोग्राफी टुर प्याकेजसमेत रहेको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेश बाट ७र७ फोटो छनोट गरी जम्मा ४९ र बाँकी चार विधाबाट ४ गरेर जम्मा ५३ फोटोहरूलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सात प्रदेशमा तस्बिरहरू प्रदर्शन गरिने संयोजक शाहीले बताए ।

प्रतियोगितामा सामेल हुन र प्रतियोगिताको जानकारी www.presentingnepal.com बाट लिन सकिने छ ।

यो प्रतियोगितामा भदौ ३ गते अर्थात् (वर्ल्ड फोटोग्राफि डे)को दिन एक कार्यक्रमका बीच उत्कृष्ट घोषण गरिनेछ ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ट फोटोग्राफर जगदीश तिवारी र भरत बन्धु थापा रहेका छन् भने अन्य निर्णायक पनि थप गरिने संयोजक शाहीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस