मेलम्ची तटीय क्षेत्र अति उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेलम्ची तटीय क्षेत्र अति उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह


१८ असार २०७९, शनिबार


काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । निरन्तरको वर्षाका कारण केही नदी तथा खोलामा जलस्तर बढेको छ ।

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मेलम्ची नदी नकोटेको बाढी मापन केन्द्रमा जलसतह हिजो साँझभन्दा आज बिहान १.५ मिटरले बढेको छ ।

मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम, झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको भएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम रहेको छ । महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ ।

भोजपुरमा पनि भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस