हैजा फैलिएपछि होटेल तथा रेस्टुरेन्टमा अनुगमनमा तीव्रता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हैजा फैलिएपछि होटेल तथा रेस्टुरेन्टमा अनुगमनमा तीव्रता


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । उपत्यकामा हैजा सङ्क्रमण फैलिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनमा तीव्रता दिएको छ ।

अनुगमनका लागि दैनिक २ वटा टोली परिचालित गर्दै प्रशोधित पिउने पानी, होटेल–रेस्टुरेन्ट, क्यान्टिन तथा स्ट्रिट फुड निरीक्षण तीव्र तुल्याएको विभागले जनाएको हो ।

असार १२ देखि १७ गतेसम्ममा विभाग तथा विभागको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी तथा पत्रकारसहितको अनुगमन टोलीले २९ वटा प्रशोधित पिउने पानी उद्योग र २२ वटा होटेल, रेस्टुरेन्ट तथा स्ट्रिट फुडको अनुगमन गरेको विभागले जनाएको छ ।

यस क्रममा पानीका ३० थान र सलादका ३ थान नमुना सङ्कलन गर्नुका साथै ३३ थान पुराना जार र म्याद सकिएको खाद्य पदार्थ नष्ट गरी कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस