बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ


१७ असार २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैँकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका शर्मा र गुरुङलाई आज बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा ५५ लाख जरिवना तथा गुरुङलाई नौ लाख ९० हजार जरिवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो ।

पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस