दुई घण्टामा ८.८७ अङ्कले घट्यो सेयर बजार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुई घण्टामा ८.८७ अङ्कले घट्यो सेयर बजार


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) सेयर बजार केही घटेर बन्द भएको छ ।

शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अङ्कले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ ।

यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ ।

शुक्रबार दुई घण्टाकै बीचमा डेढ अर्बको कारोबार हुनुबाट समेत यो दिन कारोबार धेरै भएको हो ।

शुक्रबार २२१ कम्पनीको २८ हजार ८६६ वटा कारोबारबाट ३६ लाख ६३ हजार २२० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम १ अर्ब ४५ करोड ९३ लाख १२ हार १५ रुपैयाँको भएको छ । शुक्रबार व्यापार, वित्त र लघुवित्तबाहेक सबै उपसमूह राताम्ये रहे ।

शुक्रबार आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ ।

बिहीबार सर्किट लागेको नेपाल फाइनान्सको मूल्य समेत शुक्रबार ७.७० प्रतिशतले बढेर २९५ रुपैयाँ पुगेको छ ।

शुक्रबार धेरै गुमाउने कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क अगाडि रह्यो । यसको मूल्य ४।७७ प्रतिशतले घटेर ३८९.५० रुपैयाँमा ओर्लिएको छ ।

बिहीबार जस्तै शुक्रबार समेत धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस