राष्ट्रिय सभाको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभाको बैठक बस्दै


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । संघीय संसद अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक-२०७९ माथिको दफाबार छलफल र पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक -२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् तथा ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक-२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस्, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक -२०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस