वागी नेता एकनाथ शिन्दे महाराष्ट्रको मुख्यमन्त्री « प्रशासन
Logo २ भाद्र २०७९, बिहिबार
   

वागी नेता एकनाथ शिन्दे महाराष्ट्रको मुख्यमन्त्री


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । शिवसेनाका वागी नेता एकनाथ शिन्दे भारत महाराष्ट्रको मुख्यमन्त्री बनेका छन् । उनले बिहीबार मुख्यमन्त्री पदको शपथ लिए ।

यसअघि शिवसेनाकै नेता उद्धव ठाकरे मुख्यमन्त्री थिए । शिन्दे ठाकरेविरुद्ध विद्रोह गरेर सत्तामा पुग्न सफल भएका छन् ।

शिन्देको पक्षमा रहेका बहुमत सदस्यले विशेष अधिवेशन माग गर्दै महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोश्यारीसमक्ष निवेदन दिएका थिए ।

कोश्यारीले बिहीबार विशेष अधिवेशन आह्वान गर्दै ठाकरेलाई बहुमत सिद्ध गर्न भनेका थिए । तर ठाकरेले त्यसअघि नै राजीनामा दिएपछि शिवसेनाकै एकनाथ शिन्दे मुख्यमन्त्री बनेका हुन् ।

शिन्देलाई भाजपाका देवेन्द्र फडणविसले साथ दिएका थिए । ठाकरेको राजीनामापछि फडणविस मुख्यमन्त्री बन्ने चर्चा थियो तर उनी उपमुख्यमन्त्री बनेका छन् ।

निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेले नयाँ मुख्यमन्त्री शिन्देलाई बधाईसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस