Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकाे भन्दै नेपालमा विरोध


१६ असार २०७९, बिहिबार


काठमाडौँ । प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूहले अमेरिकी सर्वोच्च अदालतले महिलालाई गर्भपतनको अधिकार प्रत्याभूति गर्ने रोय विरुद्ध वादेको मुद्दामा स्थापित गरेको नजिरलाई उल्ट्याउन गरेको फैसलाको घोर भर्त्सना गरेको छ ।

समूहले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकी सर्वोच्च अदालतले डब्स विरुद्ध ज्याक्सन महिलाको स्वास्थ्य सङ्गठन मुद्दामा गरेको फैसला पश्चगामी भएको जानकारी गराइएको छ ।

फैसलाले अमेरिकाले सम्मान, संरक्षण र परिपूर्ति गर्नुपर्ने अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गर्भपतनमा प्रतिबन्ध लगाउने कुरा सामान्यतया अप्रभावकारी हुने प्रमाणित तथ्य भएको समूहमा आबद्ध संस्था महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए । गर्भपतनमा बन्देज लगाउँदा महिला झन् असुरक्षित गर्भपतनको सहारा लिन बाध्य हुने उनले सुनाए । जसले गर्दा लाखौँ व्यक्तिको जीवन खतरामा पर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२२ मार्चमा जारी गरेको गर्भपतनसम्बन्धी निर्देशनमा गर्भपतनको अधिकारलाई आवश्यक स्वास्थ्य सेवाका रूपमा मान्यता दिएको छ । समूहले महिलाको शारीरिक स्वायत्ततालाई खुलमखुला बेवास्ता गर्ने फैसलालाई निन्दा गर्ने अमेरिकी तथा अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धता प्रकट गरेको छ ।

गर्भपतन गर्न पाउने अधिकार र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सवालमा स्वायत्त निर्णय गर्न पाउने अधिकार मौलिक मानवअधिकार हुन् । यी अधिकारको हननले समानताको हक, गोपनीयताको हक, सूचनाको हक, स्वास्थ्यको हक, दुर्व्यवहारविरुद्धको हक, खराब व्यवहार तथा लैङ्गिक हिंसाविरुद्धको हकबाट व्यक्तिलाई वञ्चित गर्ने समूहले जनाएको छ ।

नेपालको संविधानले प्रजनन स्वास्थ्य तथा अधिकारलाई मानवअधिकारका रूपमा प्रत्याभूत गरेको छ । यी मौलिक अधिकारलाई कार्यान्वयन गर्ने क्रममा नेपालले विसं २०७७ को असोज २ मा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी ऐन र २०७७ असोज २६ मा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी नियमावली बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस