नेप्सेमा ७४ अङ्कको वृद्धि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेप्सेमा ७४ अङ्कको वृद्धि


१६ असार २०७९, बिहिबार


शेयर बजार

काठमाडौँ । बिहीबार (आज) सेयर बजार ७४.९३ अङ्कले बढेर २ हजार भन्दा माथिको बिन्दुमा उक्लिएको छ ।

सुरुवाती समयबाटै उकालो लागेको बजार २०३७.६४ बिन्दुमा पुगेर रोकियो ।

बुधबार सेयर बजार ४१ अङ्कले बढेको थियो । कारोबार रकम समेत बुधवारको तुलनामा बिहीबार बढेको छ । यसले बजार घटेर निकै तल आएको मौकामा लगानीकर्ताले सेयर उठाइरहेको सङ्केत भने गर्छ ।

बिहीबार कुल २२७ कम्पनीको ४७ हजार ३९२ वटा कारोबारबाट ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच भएको छ । यस दिन २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूहमा हरियाली देखियो । बिहीबार लगानीकर्ताको आकर्षण व्यापार र वित्त उपसमूहमा बढी देखिएको छ ।

बिहीबार नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत् आयोजना, ङ्यादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । एक दर्जन कम्पनीको सर्किट लेवलमा कारोबार भयो । यस दिन ग्लोबल आईएमई डिभेन्चर, बरुण हाइड्रो, गुराँस लघुवित्तसहितका कम्पनीको मूल्य भने ओरोलो लाग्यो ।

यस दिन शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, एसियन लाइफ इन्स्योरेन्ससहितका कम्पनीको सेयर धेरै किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस