मल अभाव र आयल निगमको मुद्दा लिएर सरकारमाथि पौडेलको आलोचना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मल अभाव र आयल निगमको मुद्दा लिएर सरकारमाथि पौडेलको आलोचना


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

६४ औ संसद सेवा दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा उनले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अरबका कुरा छन ।’

उनले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गरे । उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए ।

उनले भने, ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ । यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’

कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उनको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस