संसद् विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको झलनाथको आरोप « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

संसद् विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको झलनाथको आरोप


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद् विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोप लगाएका छन् ।

संसद् दिवसका अवसरमा भएका कार्यक्रममा उनले संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताए ।

कहिलेकाहीँ हाम्रा नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन्, अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?’

नेता खनालले संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको बताए ।

उनले पूर्व प्रशासकहरुले ठिकसँग काम नगरेकै कारण हामीले हाम्रो नक्सा यो हो भनेर अन्तर्राष्ट्रिय समुदायका राख्दा पनि विवाद आएको बताए ।

२०७४ को चुनावपछि बनेको दुई तिहाई बहुमतको सरकारले काम गर्ला भन्ने अपेक्षा गरेको भए पनि माछा माछा भ्यागुतो भएको टिप्पणी उनले गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस