पाकिस्तानका कप्तान बाबरले तोडे विराटको कीर्तिमान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानका कप्तान बाबरले तोडे विराटको कीर्तिमान


१६ असार २०७९, बिहिबार


काठमाडौँ । पाकिस्तानका कप्तान तथा स्टार ब्याट्सम्यान बाबर अजामले विराट कोहलीको नाममा रहेको अर्को एक रेकर्ड आफ्नो नाममा पारेका छन्।

बाबरले आईसीसी टी-२० वरीयतामा सर्वाधिक लामो समयसम्म एक नम्बरमा रहने कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड विराट कोहलीको नाममा थियो।

विराट कुल एक हजार १३ दिन सम्म नम्बर एक रहेका थिए। तर बाबरले विराटको यो कीर्तिमान तोडेका हुन्।

बाबर अहिले पनि नम्बर एक ब्याटरका रूपमा छन्। यद्यपि आगामी दिनमा उनको अग्रता थप बढ्नेछ।

बाबर अहिले ८१८ रेटिङ प्वाइन्टसका साथ शीर्ष स्थानमा छन्। पाकिस्तानका मोहम्मद रिजवान ७९४ अङ्कका साथ दोस्रो स्थानमा छन्।

ईशान किशन ६८२ अङ्कका साथ सातौँ नम्बरमा रहँदै भारतीय ब्याटरमा सर्वाधिक अगाडि रहेका छन्।

शीर्ष १० मा ईशान एक्ला भारतीय खेलाडी हुन्। विराट भने अहिले २१ औँ स्थानमा झरेका छन्। उनको अहिले ५७१ अंक छ।

Tags :
प्रतिक्रिया दिनुहोस