ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशत नाघ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशत नाघ्यो


१५ असार २०७९, बुधबार


काठमाडौँ । वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभावको समस्या समाधान नभएपछि सबै प्रकारका ब्याजदर उकालो लाग्न थालेका छन् ।

सोही क्रममा ट्रेजरी बिल्सको ब्याजदर पनि ११ प्रतिशत पुगिसकेको छ । नेपाल राष्ट्र बैङ्कद्वारा पछिल्लो पटक आह्वान गरिएको ट्रेजरी बिल्सको ब्याजदर ११.०६ प्रतिशतसम्म पुगेको हो ।

२८ दिने अवधिको ट्रेजरी बिल्सको ब्याजदर १०.३४ प्रतिशत, ९१ दिनको ११.०६ प्रतिशत, १८२ दिनको १०.९६ प्रतिशत र ३६४ दिनेको १०.४७ प्रतिशत पुगेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । ट्रेजरी बिल्ससँगै बैङ्कहरू बीचको सापटी अर्थात् अन्तर बैङ्क कारोबारको ब्याजदर पनि ७ प्रतिशत हाराहारी पुगेको छ ।

ट्रेजरी बिल्सको ब्याजदर ११ प्रतिशतसम्म पुगेपछि बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कबाट ७ प्रतिशतमा स्थायी तरलता सुविधा (एसएलएफ) लिएर उक्त रकम ट्रेजरी बिल्समा लगानी गरेको जानकारहरु बताउँछन् ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा विकास ऋणपत्र, नागरिक बचत पत्र, वैदेशिक रोजगार बचत पत्र लगायत लगानीका दीर्घकालीन औजारहरुको ब्याजदर बढेका छन् ।

यस्तो अवस्थामा ट्रेजरी बिल्सलगायत अल्पकालीन औजारहरुको ब्याजदर बढ्नुले आउँदा दिनमा पनि बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने स्पष्ट सङ्केत गरेको जानकारहरु बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस