२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ महिनामा भित्रियो ३६ लाखको दही र ५० लाखको चिउरा

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८-७९ मा विदेशबाट ३६ लाख रुपैयाँको दही र ५० लाख रुपैयाँको चिउरा भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालूवर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको दही र चिउरा भित्रिएको हो ।

यसअवधिमा नेपालमा विदेशबाट नेपालमा १६ हजार किलो दही आयात भएको छ । उक्त परिमाणको दही आयात गर्दा ३६ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, यसबापत आयातकर्ताले सरकारलाई १० लाख ९५ हजार रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपाल भित्रिएको दहीमध्ये स्पेनबाट सबैभन्दा धेरै भित्रिएको छ । स्पेनबाट मात्रै नेपालमा ११ महिनाको अवधिमा ३१ लाख ३० हजार रुपैयाँ बराबरको ८ हजार ५१३ किलो दही भित्रिएको छ । यसपछि बङ्गलादेशबाट ४ लाख ८० हजार रुपैयाँको र भारतबाट ३६ हजार रुपैयाँको दही आयात भएको छ ।

यसअवधिमा, विदेशबाट १ लाख २० हजार किलो चिउरा भित्रिएको छ । यसको मूल्य ५० लाख रुपैयाँ हुन आउँछ । यस्तै, व्यापारीले चिउरा आयात गरेबापत राज्यलाई ७ लाख ६५ हजार रुपैयाँ भन्सार शूल्क बुझाएका छन् । र, यस अवधिमा नेपाल भित्रिएको सबै चिउरा भारतबाट मात्रै भित्रिएको छ ।