सामान्य बढ्यो सुनको मूल्य: चाँदीको घट्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सामान्य बढ्यो सुनको मूल्य: चाँदीको घट्यो


१५ असार २०७९, बुधबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु १०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस