भारतले गर्‍यो आयरल्यान्डविरुद्धको दुई टी-२० सिरीजमा क्लिनस्विप   « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतले गर्‍यो आयरल्यान्डविरुद्धको दुई टी-२० सिरीजमा क्लिनस्विप  


१५ असार २०७९, बुधबार


काठमाडौँ । भारतले दोस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ। योसँगै हार्दिक पाण्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ। 

जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन मात्र बनायो।

उसका लागि कप्तान एन्ड्री बलबर्नीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। यस्तै पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए। जर्ज डोकरेल ३४ तथा मार्क आदिर २३ रनमा अविजित रहे पनि टोलीलाई जिताउन सकेनन् ।

भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उरमान मकिलले समान एक-एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो ।

भारतका लागि दीपक हुडाले सतकीय इनिङ्स खेले। टी-२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन्। उनले ५७ बलमा ६ छक्का र ९ चौकासहित १०४ रन बनाए। 

यस्तै सञ्जु स्यामसन ७७ रन बनाउँदा सूर्यकुमार यादवले १५ रन जोड्दा हार्दिक पाण्ड्या १३ रनमा अभिजित रहे। दीनेश कार्तिक, हर्षल पटेल र अक्षर पटेलले खाता खोल्न सकेनन् ।

आयरल्यान्डका लागि मार्क आदिरले ३ तथा जोस लिटिल र क्रेग याङ्गले समान २-२ विकेट लिए।

यसअघि पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस