बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


१५ असार २०७९, बुधबार


काठमाडौँ । नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र सानो खहरे र विनयी त्रिवेणीको जमुने खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको वडा नम्बर १औ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार अहिले सडक खुलाउने प्रयास जारी छ । तर अविरल वर्षाका कारण काम गर्न असहज भएको उनले बताए ।

थापाका अनुसार चिनियाँहरू मेसिनसहित पुगेको छ । बाढी ठुलो भएका कारण काम गर्न असज छ । तर सडक खुलाउने प्रयास जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस