ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्र प्रवेश गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओमप्रकाश पुनसहितका नेता माओवादी केन्द्र प्रवेश गर्दै


१५ असार २०७९, बुधबार


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । उनीहरूलाई आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

पुनसहित शङ्कर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए।

पुन महाकाली ब्युरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्युरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस