कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, विशेष सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा भारी वर्षा, विशेष सतर्कता अपनाउन आग्रह


१५ असार २०७९, बुधबार


काठमाडौँ । सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ ।

बाढी पूर्वानुमान शाखाले कान्द्रा, मोहना, खुटिया लगायत साना नदीमा एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

कान्द्रा नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको अवस्थामा रहेको जनाइएको छ ।

नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस