‘डीएफटीक्यूसी लेखेको जार र बोतलको पानी मात्रै प्रयोग गर्नू’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘डीएफटीक्यूसी लेखेको जार र बोतलको पानी मात्रै प्रयोग गर्नू’


१४ असार २०७९, मंगलबार


काठमाडौँ । प्रशोधित पिउने पानीको बोतल र जारको लेबलमा डीएफटीक्यूसी नम्बर हेरेर मात्रै उपभोग गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आग्रह गरेको छ ।

वर्षा याममा झाडापखाला रोगका विभिन्न हानिकारक सूक्ष्म जीवाणुहरूको सङ्क्रमण बढ्ने र त्यस्तो पानीको प्रयोगबाट रोगको सङ्क्रमण सम्भावना रहेको जनाउँदै विभागले डीएफटिक्यूसी नम्बर हेरेर मात्रै पानी उपभोग गर्न उपभोक्तालाई अनुरोध गरेको हो ।

सम्पूर्ण उपभोक्ताहरूले प्रशोधित पिउने पानीको बोतल र जारको लेबलमा डीएफटीक्यूसी नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोग गर्न अनुरोध छ ,’ विभागले भनेको छ, ‘प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिम प्रावधानहरू पुरा गरी खाद्य ऐन नियम अनुसार अनुज्ञा पत्र लिई नवीकरण अद्यावधिक गरेर उत्पादन र बिक्री गर्न उद्योगीलाई सूचित गरिन्छ, अन्यथा खाद्य ऐन नियम अनुसार कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस