चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते


१४ असार २०७९, मंगलबार


कैलाली । कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका-१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन् । उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा चौधरीको बाटोमै मृत्यु भएको प्रनाउ जोशीले बताए ।

त्यस्तै चट्याङबाट कैलारी-३ का ३२ वर्षीय धनिराम चौधरी र सोही गाउँपालिका-४ का ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते भएका छन् ।

आफ्नै खेतमा धानको बीउ निकाल्ने क्रममा चट्याङ पर्न गई दुवै जना घाइते भएका हुन् । दुवैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस