नेप्सेमा ११ अङ्कको गिरावट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा ११ अङ्कको गिरावट


१४ असार २०७९, मंगलबार


काठमाडौँ । साताको तेस्रो कारोबार दिन मङ्गलवार पनि सेयर बजारमा गिरावट आएको छ ।

आइतबार ९४.९२ अङ्कले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मङ्गलवार नेप्से परिसूचक ११.८२ अङ्कले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अङ्कले घटेर १९३३.१३ को बिन्दुमा झरेको थियो ।

कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ । मङ्गलवार बैङ्किङ र जीवन बिमा समूह मात्रै हरियो रहे भने अन्य सबै समूह राताम्ये भए ।

मङ्गलवार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैङ्क लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्ड धेरै कमाउनेमा दरिए ।

यस्तै बजारमा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्ड, जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लगायतका कम्पनी रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस