अधिकांश उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अधिकांश उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण


१४ असार २०७९, मंगलबार


लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् ।

लमजुङमा रहेका आठ स्थानीय तहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् ।

उनले भनिन्, ‘निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदवारले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ ।’ जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

जिल्लामा विभिन्न तहका ३९१ पदका लागि उक्त सङ्ख्यामा उम्मेदवार बनेका थिए । हालसम्म स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उम्मेदवार बनेका तीन–तीन गरी ६, वडाध्यक्षका उम्मेदवार १४ र ३८ जना सदस्य पदका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकामा उम्मेदवार बनेका कुनै पनि उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस