विश्वकप क्रिकेट लिग-२ का लागी नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वकप क्रिकेट लिग-२ का लागी नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा प्रस्थान


१४ असार २०७९, मंगलबार


काठमाडौँ । विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा गएको छ । टोली गएराति २ बजे क्यानडा प्रस्थान गरेको हो। 

क्यानडासँग नेपालले दुईवटा एकदिवसीय क्रिकेट खेल्नेछ भने क्यानडाको स्थानीय क्लबसँग पनि एक खेल खेल्ने कार्यक्रम तय भएको छ। क्यानडा भ्रमण सकिएलगत्तै नेपाली टोली त्यहीँबाट स्कटल्यान्ड जानेछ। 

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग-दुईका चार खेल खेल्नेछ। 

विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौँ स्थानमा छ। नेपालले यसअघि खेलेको १६ खेलमा सात खेलमा जीत, आठ खेलमा हार र एक खेल बराबरीसहित १५ अङ्क जोडेको छ। स्कटल्यान्ड भने अङ्क तालिकाको दोस्रो स्थानमा छ। २० खेल खेलेको स्कटल्यान्ड २८ अङ्कका साथ दोस्रो स्थानमा छ। 

१४ खेल खेलेको नामिविया अङ्क तालिकाको छैटौँ स्थानमा छ। क्यानले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस