पोखरीमा डुबेर २ बालिकाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोखरीमा डुबेर २ बालिकाको मृत्यु


१४ असार २०७९, मंगलबार


ढल

काठमाडौँ ।  कैलालीमा खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको लम्किचुहा नगरपालिका-८ का स्थानीय लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिस्ट र सोही ठाउँका भीमबहादुर कुँवरकी ६ वर्षीया छोरी भावना कुँवरको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय बडिमालिका इटाभट्टा पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्काल उनीहरूको उद्धार गरे पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस