हुम्लामा हवाई उडान बन्द हुँदा खाद्यान्न अभाव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हुम्लामा हवाई उडान बन्द हुँदा खाद्यान्न अभाव


१४ असार २०७९, मंगलबार


काठमाडौँ । हुम्लामा नियमित हवाई उठान हुन नसक्दा समस्या भएको छ । लगातार वर्षाका कारण नेपालगञ्ज, सुर्खेतबाट हुम्ला जाने उडानहरू बन्द भएका हुन् ।

मुख्य यातायात मार्ग नै नियमित नभएपछि जिल्ला सदरमुकाम सिमकोटका पसलहरुमा महँगी भई उपभोग्य सामानहरूको मूल्य वृद्धि भएको छ ।

विकास निर्माणहरू पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । स्थानीय बासिन्दा महँगीमा परेको कृषक परेकबहादुर रोकायाले बताएका छन् ।

उनले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस