२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मनीले नेपाललाई द्विपक्षीय विकास सहयोगमा निरन्तरता दिने

अ+ अ-

काठमाडौँ । जर्मनीले नेपाललाई द्विपक्षीय विकास सहयोगमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले नेपाल–जर्मनी द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव आज (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिएका हुन् ।

उक्त विषयबारे जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नेपालका प्रधानमन्त्री देउवालाई पठाएको पत्र राजदूत प्रिन्जले बालुवाटार पुगेर हस्तान्तरण गरेका हुन् ।

नेपालको दिगो आर्थिक विकास, जलवायु तथा ऊर्जा र स्वास्थ्य क्षेत्रमा सहयोग जारी राख्न जर्मनीले चाँडै छलफल गर्ने पनि राजदूत प्रिन्जले बताएका छन् । ‘

जर्मनी र नेपाल साझा मूल्यमा विशेष गरी लोकतन्त्र, मानवअधिकार र बहुपक्षीयताप्रतिको हाम्रो प्रतिबद्धता बाँधिएको छ,’ उनले ट्विटमा भनेका छन् ।

प्रधानमन्त्री देउवाले पनि उक्त पत्रलाई बुझेपछि आफ्नो धारणा बाहिर ल्याएका छन् । ‘लामो समयदेखिको विकास साझेदारका रूपमा जर्मनीले हाम्रो प्राथमिकताका क्षेत्रहरू– ऊर्जा, स्वास्थ्य र व्यापार लगानीलगायत नेपाललाई सहयोग गर्दै आएको छ,’ देउवाले ट्विटमा उल्लेख गरेका छन्, ‘म चान्सलर ओलाफ स्कोल्जलाई निरन्तर सहयोगको लागि फेरि प्रतिबद्धता गरेकोमा धन्यवाद दिन्छु । किनकि हामीले वातावरण मैत्री कोभिड पछिको आर्थिक पुनरुत्थान लागू गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस