नवलपुर-२ बाट निर्वाचनमा उम्मेदवारी दिने विनोद चौधरीकाे तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवलपुर-२ बाट निर्वाचनमा उम्मेदवारी दिने विनोद चौधरीकाे तयारी


१२ असार २०७९, आइतबार


काठमाडौँ । उद्योगपति विनोद चौधरीले नवलपुर-२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

नवलपुर १ बाट काँग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ ।

नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता हुन् ।

२०७० सालमा शशांकसँग प्रतिस्पर्धा गर्नका लागि एमालेले दिएको टिकट अस्विकार गरेको उनले दाबी गरे । शशांकसँग पुरानो सम्बन्ध तथा आफ्नो काँग्रेसप्रतिको आस्था पुरानो भएकाले प्रतिस्पर्धा नगरेको चौधरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस