केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने


१२ असार २०७९, आइतबार


काठमाडौँ । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार अबका तीन दिन कोसी, नारायणी, कमला, वाग्मती र यसका साना सहायक नदीहरूमा जल सतह उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

यस्तै, कर्णाली, महाकाली, कनकाई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज ताप्लेजुङ, इलाम, धनकुटा, भोजपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, जाजरकोट, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, अछाम र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

हेर्नुहोस् बाढीको पूर्वानुमान बुलेटिन :

Tags :
प्रतिक्रिया दिनुहोस