नेकपा एसबाट बन्ने नयाँ मन्त्रीको सूची बनाए हट्ने मन्त्रीले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसबाट बन्ने नयाँ मन्त्रीको सूची बनाए हट्ने मन्त्रीले


११ असार २०७९, शनिबार


काठमाडौँ । मन्त्री हेरफेरसम्बन्धी पार्टी निर्णयको विपक्षमा संसदीय दलको बैठक माग गर्दै दिएको निवेदनबाट हस्ताक्षर फिर्ता लिएका पर्यटन मन्त्री प्रेम आलेले नयाँ मन्त्रीहरूको सूची समावेशी नभएको भन्दै पार्टीमा अलग नाम पेस गरेका छन् ।

उनले गैर सांसद र गैर समावेशी टिमको विपक्षमा सांसदहरूको समावेशी टिमको नाम सिफारिस गरेको बताइएको छ ।

स्रोतका अनुसार हट्ने मन्त्रीहरूको तर्फबाट सिफारिस गरिएको नाममा सांसद कृष्णलाल महर्जन, निरा जैरु, धनबहादुर बुढा र हिराचन्द्र केसी छन् । त्यस्तै मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।

हट्ने भनिएका अन्य मन्त्रीले भने सो सूची आलेको एकल भएको भन्दै आफूहरू हस्ताक्षरमा कायमै रहेको बताएका छन् ।

पार्टीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस