मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सत्ता गठबन्धनको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सत्ता गठबन्धनको निर्देशन


११ असार २०७९, शनिबार


काठमाडौँ । सत्ता गठबन्धनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा जनताले दैनिक जीवनमा उपभोग गर्ने वस्तुको समेत मूल्यवृद्धि भएको भन्दै त्यस्ता सबै वस्तुमा भएको मूल्यवृद्धि घटाउन सरकारलाई निर्देशन दिएको हो ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरूलाई समेत बोलाएर पेट्रोलियम पदार्थसँगै त्यसका कारण भएको मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस