एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन


११ असार २०७९, शनिबार


काठमाडौँ । युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ ।

मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले उपाधि जितेको हो ।

उपाधिसँगै युएई एसिया कप क्रिकेटका लागि छनोट भएको छ । उपविजेता मलेसिया समेत एसिया कपमा छनोट भएको हो ।

मलेसियाले दिएको १ सय १ रनको लक्ष्य युएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

युएईका लागि थिर्था सतिसले ५५ रनको अर्धशतकीय इनिङ खेलिन् । खुसी शर्मा १३ रनमा अविजित रहिन् ।

मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले १-१ विकेट हात पारिन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १०० रन बनाएको थियो ।

मलेसियाका लागि एन्ना हसिमले अविजित २८ रन जोड्दा नुर अरिनाले अविजित २५ रन बनाईन् । वान जुलियाले २० रन बनाईन् ।

युएईका इन्धुजा नन्दकुमारले २ विकेट हात पारिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस