चोरी भएर अमेरिका पुगेको मूर्ति नेपाल फिर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चोरी भएर अमेरिका पुगेको मूर्ति नेपाल फिर्ता


११ असार २०७९, शनिबार


काठमाडौँ । नेपालभन्दा बाहिर गैरकानुनी रूपमा निकासी भएका सांस्कृतिक सम्पदा फिर्ता हुन थालेका छन् । भक्तपुर नगरपालिका-७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत सन् २०१५ मा अमेरिकाको कनेक्टिकटस्थित यल युनिभर्सिटी आर्ट ग्यालरीमा पुगेको थियो ।

हातमा नालसहितको कमलको फूल लिएको स्वरूपको यो मूर्ति नवौँ-दशौँ शताब्दीतिर बनेको थियो ।

मूर्ति नेपालको भएको दाबी प्रमाणित भएपछि २३ वैशाख ०७९ मा युनिभर्सिटीले नेपाली महावाणिज्य दूतावाससँग मूर्ति फिर्ता गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सोही मूर्ति नेपाल ल्याएर हस्तान्तरण गरिएको हो ।

हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट एक थान, अमेरिकाबाट २२ थान, तिब्बतबाट २८ थान, कोलकाताबाट १३ थान र जर्मनीबाट एक थान गरी ८४ थान मूर्तिहरू तथा कलावस्तुहरू विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यक्ति तथा सङ्घसंस्थाको प्रयासबाट फिर्ता भइसकेका छन् । थप अरू केही कलावस्तुहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस