नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो


१० असार २०७९, शुक्रबार


काठमाडौँ । वर्षासँगै पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ ।

बिहान ६ : ३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजि तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस