सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी नियन्त्रणमा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी नियन्त्रणमा 


९ असार २०७९, बिहिबार


काठमाडौँ । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । 

सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । 

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ ।

डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस