भारतबाट शैक्षिक योग्यताको प्रमाणपत्र बनाएका अस्थायी शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतबाट शैक्षिक योग्यताको प्रमाणपत्र बनाएका अस्थायी शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर


८ असार २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आज (बुधबार) नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका निम्न माध्यमिक तहका अस्थायी शिक्षक हुमलाल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

हुमलालले शैक्षिक योग्यताको प्रमाणपत्र गोरखपुर विश्वविद्यालय भारतबाट बनाएको पाइएकोले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस