पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम आज


८ असार २०७९, बुधबार


काठमाडौँ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । पर्यटनलाई केन्द्रमा राखेर प्रमुख समस्याको सम्बोधन र समाधान खोज्ने गरी महानगरपालिकाले कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

संघीयतापछि स्थानीय तहमा जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएपछि आउन लागेको नीति तथा कार्यक्रम पोखरा सभागृहमा मेयर धनराज आचार्यले आज प्रस्तुत गर्नेछन् ।

मुख्यरुपमा घोषणापत्रलाई नै आधार बनाई पर्यटनलाई केन्द्रमा राख्दै कृषि, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा राखिने मेयर आचार्यले जानकारी दिए ।

पोखराका विद्यमान ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आउने आचार्यको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस