नयाँ दिल्लीबाट ६०० पर्यटक लिएर हिँडेको रेल भोलि जनकपुरधाम आइपुग्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ दिल्लीबाट ६०० पर्यटक लिएर हिँडेको रेल भोलि जनकपुरधाम आइपुग्ने


८ असार २०७९, बुधबार


काठमाडौँ । भारत र नेपाल जोड्ने पहिलो रेल नयाँ दिल्लीबाट बिहीबार जनकपुरधाम आउने भएको छ। रेल करिब ६०० पर्यटक लिएर बिहीबार जनकपुरधाम आइपुग्न लागेको हो।

वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले भारतीय समयअनुसार रेल मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट छुटेको हो।

भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले मंगलबार संयुक्त रूपमा दिल्ली रेल्वे स्टेसनमा रेल सेवा उद्घाटन गरे।

पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने पहिलो रेल सेवा हुने छ।

रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम् र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्नेछ।

दूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोसाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरूपी झल्को देख्न सकिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस