तरकारी तथा फलफूलको आजको मूल्यसूची ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तरकारी तथा फलफूलको आजको मूल्यसूची !


८ असार २०७९, बुधबार


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, हाइब्रीड काँक्रो, डल्लो फर्सि, स्कुस, लौका, घिरौँला, बुलेट र माछे खुर्सानीलाई प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, कागती प्रतिकेजी १४५ रुपैयाँ, किवि ४७५ रुपैयाँ, अकबरे खुर्सानी र कुरिलो २२५ रुपैयाँ, लोकल लिच्ची, रायोको साग, पालूगो साग र लोकल गाजर ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ९५ रुपैयाँ, टनेल गोलभेँडा ३५ रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस