रविलाई रवीन्द्रको सुझाव : पार्टी निर्माणमा हाम्रो गल्तीबाट पाठ सिक्नु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रविलाई रवीन्द्रको सुझाव : पार्टी निर्माणमा हाम्रो गल्तीबाट पाठ सिक्नु


७ असार २०७९, मंगलबार


काठमाडौँ । आज (मंगलबार) मात्र पार्टी घोषणा गरेका ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का प्रमुख रवि लामिछानेलाई रवीन्द्र मिश्रले आफ्नो कमजोरीबाट पाठ सिक्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मिश्रले आत्मालोचना गर्दै लामिछानेलाई सफलताको शुभकामना दिएका छन् ।

रवि,

‘तिमी सानै हुँदादेखि चिनेकोले मैले तिमी भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्छु, उनले लेखेका छन्।

विवेकशील साझाका संयोजक रहेका मिश्रले केही दिन अघिमात्र पदबाट राजीनामा दिएका थिए। यता लामिछानेले ग्यालेक्सी टेलिभिजन छोडेर पार्टी खोलेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस