बुधबारदेखि उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बुधबारदेखि उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी


७ असार २०७९, मंगलबार


काठमाडौँ । हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले आफ्ना ५ बुँदे माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको रात्रिकालीन विश्रामका लागि काठमाडौँबाहिरका विमानस्थलमा जहाज नराख्ने, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, काठमाडौँ विमानस्थलमा दीर्घकालीन हेलिप्याड, ह्यांगरलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने ५ बुँदे माग राखेका छन् ।

यसैबीच प्राधिकरणले पनि तीन बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस