निजी क्षेत्रका सबै उडान भोलिदेखि बन्द हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निजी क्षेत्रका सबै उडान भोलिदेखि बन्द हुँदै


७ असार २०७९, मंगलबार


उडान रद्द

काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले भोलि (बुधबार) देखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।

पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ ।

यसबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरिने सङ्घका अध्यक्ष योगराज कँडेल शर्माले जानकारी दिए ।

मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने लगायतका निर्णयको विरोधमा सङ्घले उडान बन्द गर्ने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस