लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा


७ असार २०७९, मंगलबार


काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ राजनितिक पार्टीको घोषणा गरेका छन् ।

आज (मंगलबार) राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका हुन् ।

लामिछानेले अहिले भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् ।

लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’

नयाँ पार्टी घोषणा गर्दै लामिछानेले आम निर्वाचनमा उठ्न चाहने व्यक्ति पार्टीभित्रैबाट प्राथमिक चुनाव जितेर आउनुपर्ने प्रणाली रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस