भीषण वर्षाका कारण चीनको जियाङसीमा ४ लाख ८५ हजार मानिस प्रभावित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भीषण वर्षाका कारण चीनको जियाङसीमा ४ लाख ८५ हजार मानिस प्रभावित


७ असार २०७९, मंगलबार


काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४ लाख ८५ हजार मानिस अविरल वर्षाबाट प्रभावित भएका छन् ।

शनिबार दिउँसो ३ बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो । मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।

स्थानीय मौसम विभागले मंगलबार जियाङ्सीमा अहिले वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा जारी रहेको जनाएको छ । वर्षाको प्रभाव बुधबार उत्तर याङ्जी नदीतर्फ सर्ने त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस