इन्डोनेसियाको सौन्दर्य प्रतियोगीतामा नेपालका ५ बालबालिका सहभागी हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इन्डोनेसियाको सौन्दर्य प्रतियोगीतामा नेपालका ५ बालबालिका सहभागी हुँदै


७ असार २०७९, मंगलबार


काठमाडौँ । इन्डोनेसियाको आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा नेपालका ५ बालबालिकाले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगीतामा नेपाली सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र किड्स अफ दि इयर इन्टरनेशनल यास्ना श्रेष्ठ सहभागी हुने भएका हुन् ।

बाली सहरमा २४ देखि २५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि सबै प्रतियोगी मंगलबार (आज) साँझ बाली उड्दैछन् ।

१० भन्दा बढी राष्ट्रका सहभागी हुने उक्त प्रतियोगितामा बालबालिका नेपाली कला संस्कृतिसहित सहभागी हन लागेका हुन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ती बालबालिकालाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराउन लागेको हो ।

प्रतियोगितामा बालबालिका लिएर अन्तर्राष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक राज फैजु पनि सहभागी हुँदैछन् ।

प्रतियोगितामा बालबालिकाले अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले नै तयार पारेको नेपाली कला संस्कृति झल्कने विभिन्न आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस